वेबटिभी खबर
नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ९ हजार १९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मनत्रालयकाअनुसार यस अवधिमा ७ हजार ३४७ जना भाइरस संक्रमणमुक्त भएका छन् । भारतमा ७७ हजार २ जना सक्रिय संक्रमित रहेका छन् ।
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । देशभर कुल ७८१ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । जसमध्ये २४१ जना ओमिक्रोन संक्रमणमुक्त भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij