Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पर्यटन बोर्डका कार्यकारी अधिकृत रेग्मीलाई निलम्बन नगर्न सर्वोच्चको आदेश

पर्यटन बोर्डका कार्यकारी अधिकृत रेग्मीलाई निलम्बन नगर्न सर्वोच्चको आदेश

  • 579
    SHARES
  • पर्यटन बोर्डका कार्यकारी अधिकृत रेग्मीलाई निलम्बन नगर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

    न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले आज रेग्मीलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतबाट निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । अदालतले दुवै पक्षलाई छलफलका लागि आगामी माघ ३ गते बोलाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको यही पुस २ गते बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले रेग्मीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

    मन्त्रालयको उक्त निर्णय विरुद्ध रेग्मीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सोही रिट निवेदनमाथिको प्रारम्भिक सुुनुवाइपछि अदालतको उक्त  दिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij