वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा
राखेको भन्दै आपत्ति जनाएका छन् ।
बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डा.भीम रावलले आपत्ति जनाएका हुन् । उनले यसबारे नेपाल सरकार र ठूला राजनीतिक पार्टीकाे धारणा माग गरेका छन् ।
‘महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ?,’ डा.भीम रावलले प्रश्न गरे,‘किन मौन ? कि गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त हो ?’
महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो? किन मौन? कि गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त हो?
— Dr. Bhim Rawal (@BhimRawal179) December 30, 2021
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij