Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

विद्यार्थीको समस्या समाधानको फाइल मन्त्रिपरिषद्मा

विद्यार्थीको समस्या समाधानको फाइल मन्त्रिपरिषद्मा

  • 742
    SHARES
  • विद्यार्थीको समस्या समाधानको फाइल मन्त्रिपरिषद्मा

    काठमाडौं । कोरोना-१९ महामारीमा नेपाल फर्किएका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरूको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा सो प्रस्ताव पठाएको हो ।

    चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका देशमा सन २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्ट्रनसीपको समस्या समाधानका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

    यसअघि चीनलगायत देशमा गई अध्ययन पूरा गराउने विषय विभिन्न तहमा कुटनैतिक पहल गरिएको भएपनि ठोस नतिजा आउन सकेको छैन । ‘कोभिडका कारण नेपाल फर्किका (एमबीबीएस) विद्यार्थीहरूको समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं,’ मन्त्रीले भने, ‘प्रस्ताव मन्त्रिपरिषद्मा लगेका छौं, समितिमा छलफलभएपछि चाँडै टुंगो लाग्छ ।’

    सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीहरूको हकमा अन्तर्राष्ट्रिय मान्यतामा समेत असर नपर्ने गरी बाँकी अध्ययन र प्रयोगात्मक अभ्यास र इन्ट्रन्सीप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो ।

    कोभिडका महामारीका बेला नेपाल आएका एमबीबीएस विद्यार्थीहरू अध्ययन पूराका सोही देशबाट अनुमति पाएका छैनन् । यस्तै, विभिन्न मेडिकल कलेजहरूले विद्यार्थीबाट तोकिएको भन्दा बढी रकम लिएको विषयमा पनि छलफल भएको मन्त्री पौडेलले जानकारी दिए ।

    विद्यार्थीबाट रकम बढी लिएका मेडिकल कलेजहरूको अनुगमन तथा आवश्यक प्रमाणका जम्मा गर्न सचिवलाई निर्देशन दिएको उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij