Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

प्रधानमन्त्री देउवाद्वारा सांसद् डा.संग्रौलाकाे पुस्तक ‘नेपालीका सपना अधुरै’ विमोचन

प्रधानमन्त्री देउवाद्वारा सांसद् डा.संग्रौलाकाे पुस्तक ‘नेपालीका सपना अधुरै’ विमोचन

  • 443
    SHARES
  • प्रधानमन्त्री देउवाद्वारा सांसद् डा.संग्रौलाकाे पुस्तक ‘नेपालीका सपना अधुरै’ विमोचन

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटामात्रै देश भएको बताएका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार कांग्रेस नेतृ तथा  सांसद् डा.डिला संग्रौलाद्वारा लिखित पुस्तक ‘नेपालीका सपना अधुरै’ पुस्तकको विमोचन गर्दै उनले नेपालले महिलामात्रै नभएर दलित, जनजाति, आदिवासी सबैको अत्यन्तै समावेशी र समानुपातिक ढंगले राज्यका र पार्टीका हरेक तहमा प्रतिनिधित्व गराएको दाबी गरेका हुन् ।

    प्रधानमन्त्री देउवाले मुलुकको कार्यकारी तहमा समेत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी आरक्षणको व्यवस्था गरेर नेपाल र नेपाली कांग्रेसले आफूलाई सबै समुदायको पार्टीको रूपमा चिनाएको बताए ।

    sher.jpg

    ‘नेपालमात्रै एउटा यस्तो देश हो, जुन देशमा ३३ प्रतिशत महिलालाई हरेक ठाउँमा अधिकार दिइएको छ र उनीहरूले पाउँछन् । नेपालमा पार्टीहरूले पनि ३३ प्रतिशत महिलालाई आरक्षण दिएका छन् । त्यतिमात्रै होइन । स्थानीय तहमा हेर्ने हो भने ४०/४१ प्रतिशत महिलाहरूलाई आरक्षणको व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिमा एउटा महिला, सभामुख र उपसभामुखमा एउटा महिलालगायत धेरै ठाउँमा मेयर र उपमेयरमा एउटा महिला, त्यस्तै गाउँपालिकादेखि लिएर सबै ठाउँमा महिलाहरूलाई हामीले आरक्षणको व्यवस्था गरेका छौं’, प्रधानमन्त्री देउवाले भने, ‘यस मानेमा नेपालमात्रै एउटा यस्तो देश हो, जहाँ अत्यन्तै समावेशी, समानुपातिक रूपमा दलित, आदिवासी, जनजाति सबैलाई आरक्षणको व्यवस्था गरिएको छ ।’

    उनले महिला नेतृहरूले महिला मतदाताहरूको संख्या बढाउन पनि उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । नेतृ डा.संग्रौलाले नेपालको महिला आन्दोलनको क्षेत्रमा दिएको योगदान प्रशंसनीय रहेको कांग्रेस सभापति देउवाको भनाइ थियो ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij