Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

मछिन्द्र पहिलो पटक एएफसी कपमा छनोट

मछिन्द्र पहिलो पटक एएफसी कपमा छनोट

  • पौष १८, २०७८ आइतवार २०:५८ बजे
  • 473
    SHARES
  • मछिन्द्र पहिलो पटक एएफसी कपमा छनोट

    काठमाडौं । नेपाल पुलिस क्लबलाई १–० अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लब एएफसी कप–२०२२ को छनोटमा स्थान बनाएको छ ।  दशरथ रंगशालामा आइतबार भएको एक मात्रै खेलमा सुनिल बलको निर्णायक गोलमा मछिन्द्र पहिलो पटक एएफसी कपमा छनोट भएको हो । 

    सातौँ चरणको खेलमा १७ अंकसहित शीर्षस्थानमा रहेसँगै मछिन्द्रले १६ अंकको मनाङलाई १ अङ्कले पछि पार्‍यो ।  गत सिजन मछिन्द्र लिग च्याम्पियन भए पनि एएफसी क्लब लाइसेन्स नहुँदा त्यसबाट वञ्चित भएको थियो । क्लब लाइसेन्स पाएको दोस्रो स्थानको आर्मीले सोही प्रतियोगितामा स्थान बनाएको थियो । 

    निर्णायक खेलमा मछिन्द्रले पुलिसविरुद्ध आक्रामक खेल खेलेको थियो । खेलको २२औं मिनेटमा सुनिल बलले विशाल राईको फ्रीकिक पास सदुपयोग गर्दै विजयी गोल गरे ।

    जारी लिगमा सुनिलको यो पाँचौं गोल हो । उनी सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन् । 

    खेलमा मछिन्द्रका विशाल राई बी, सुजल श्रेष्ठ, मनिष डांगी गोलबाट बारम्बार टाढा रहे । यता पुलिसका सुमन लामाले दुई पटक गोलको सदुपयोग गर्न सकेनन् । पराजित पुलिस ६ अंक बनाएर ११औं स्थानमा झरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij