Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

इतिहासमा आजः नासाको मार्स रोभर मंगल ग्रहमा अवतरण, के-के भएको थियो विश्वमा आज ?

इतिहासमा आजः नासाको मार्स रोभर मंगल ग्रहमा अवतरण, के-के भएको थियो विश्वमा आज ?

  • 517
    SHARES
  • इतिहासमा आजः नासाको मार्स रोभर मंगल ग्रहमा अवतरण, के-के भएको थियो विश्वमा आज ?

    आज ३ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

    अमेरिका र रसियाबीच आणविक सन्धीमा हस्ताक्षर

    सन् १९३३ मा अमेरिका र रसियाबीच आणविक सन्धीमा हस्ताक्षर भएको थियो । आणविक हतियारलाई ३ हजारमा झार्ने विषयमा अमेरिका र रसियाबीच स्ट्राटेजिक आम्स रिडक्सन ट्रिटी (एसटीएआरटी) मा हस्ताक्षर भएको थियो ।

    अमेरिकाले तोड्यो क्युबासँगको कूटनीतिक सम्बन्ध 

    सन् १९६१ को ३ जनवरीमा अमेरिकाले क्युबासँगको कूटनीतिक सम्बन्ध तोडेको थियो । सन् १९६१ को अप्रिलमा बे अफ पिग्समा अतिक्रमण सुरु गरेर अमेरिकी सरकारले क्युबाको तत्कालिन शासकलाई पदच्युतको असफल प्रयास गरेको थियो ।

    रुसबाट अमेरिकाले किनेको भू-भाग अमेरिकाको ४९ औं राज्य

    सन् १९५९ मा अलास्का अमेरिकाको ४९ औं राज्य बनेको थियो । सो क्षेत्रलाई अमेरिकाले सन् १८६७ मा ७२ लाख डलरमा किनेको थियो ।

    नासाको मार्स रोभर मंगल ग्रहमा

    सन् २००४ मा अमेरिकी अन्तरिक्ष निकाय नासाको मार्स एक्सप्लोरेसन रोभर स्पिरिट मंगल ग्रहमा अवतरण गरेको थियो । मंगल ग्रहको सतहको रसायनिक तथा भौतिक बनौटबारे रोभरले अध्ययन गरेको थियो ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij