Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कर्मचारीका समस्याप्रति सरकारकाे बेवास्ता कहिलेसम्म ?

कर्मचारीका समस्याप्रति सरकारकाे बेवास्ता कहिलेसम्म ?

  • 1.2K
    SHARES
  • कर्मचारीका समस्याप्रति सरकारकाे बेवास्ता कहिलेसम्म ?

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति सदस्य गंगाराम तिवारीले विद्यालय कर्मचारीका समस्याप्रति सरकारले बेवास्ता गरेको बताएका छन् ।

    त्यसविरुद्ध आफूहरूले बाध्य भएर आन्दोलन गरेको बताए । केही महिनाअघि एक टेलिभिजन अन्तर्वार्तामा कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।

    हाल कर्मचारीहरू संघीय सरकारले तोकेको न्युनतम पारिश्रमिक माग गर्दै आन्दोलनरत छन् । देशभर ३५ हजारको हाराहारीमा विद्यालय कर्मचारी छन् ।

    उनीहरूका तलबलगायतका समस्या सरकारले सम्बोधन गर्न सकेको छैन । उनीहरू हाल २ हजार देखि ११ हजार पाँच सय मासिक तलबमा काम गर्दै आइरहेका छन् ।

    सरकारले न्युनतम पारिश्रमिक १५ हजार रूपैयाँ पुर्याउने घोषणा गरेको थियो ।

    [टिप्पणी] विद्यालय कर्मचारीले अधिकारका लागि आफ्नै नेतृत्वमा बेग्लै आन्दोलन गर्नुपर्छ  [टिप्पणी] विद्यालय कर्मचारीले अधिकारका लागि आफ्नै नेतृत्वमा बेग्लै आन्दोलन गर्नुपर्छ    

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij