Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

एमालेले टुंगो लगायो राष्ट्रिय सभाका १९ उम्मेदवार

एमालेले टुंगो लगायो राष्ट्रिय सभाका १९ उम्मेदवार

  • 521
    SHARES
  • एमालेले टुंगो लगायो राष्ट्रिय सभाका १९ उम्मेदवार

    काठमाडौं । एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी १२ माघमा हुन लागेको निर्वाचनका लागि एमालेले सोमबार पार्टीका उम्मेदवारको नाम टुंगो लगाएको हो । आगामी २० फागुनमा रिक्त हुन लागेका १९ राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश १ बाट देवराज घिमिरे (खुला), सुमित्रा भण्डारी (महिला) र सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ ।

    यस्तै, प्रदेश २ मा असर्फी भिनवार यादव (खुला) र विना साह ९महिला०, बाग्मतीमा गोपाल शाक्य (खुला) र निरकुमारी कुँवर (महिला), गण्डकीमा गोविन्दबहादुर नेपाली (दलित), लीला पोखरेल (महिला), पुण्यप्रसाद पौडेल ९खुला० तर्फको उम्मेदवार बनेका छन् ।

    यसैगरी, लुम्बिनी प्रदेशमा कृष्णबहादुर सुनार (दलित), भारती खनाल (महिला) र रामदयाल गुप्ता (खुला), कर्णालीमा पदमबहादुर माझी (अल्पसंख्यक), गंगा थापा महत (महिला) र चुडामणि शर्मा (खुला) तथा सुदूरपश्चिम प्रदेशबाट नरेश बिक (दलित), सन्तोषकुमारी शर्मा थापा (महिला) र डिल्लीराज विष्ट (खुला) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि २० पुसमा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij