Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कोरोना परीक्षण गर्न ढिलाई गरेको भन्दै अस्ट्रेलियामा सर्वसाधारण आक्रोशित

कोरोना परीक्षण गर्न ढिलाई गरेको भन्दै अस्ट्रेलियामा सर्वसाधारण आक्रोशित

  • 615
    SHARES
  • कोरोना परीक्षण गर्न ढिलाई गरेको भन्दै अस्ट्रेलियामा सर्वसाधारण आक्रोशित

    सिड्नी । अस्ट्रेलियामा कोभिड परीक्षणमा ढिलाई भएपछि सर्वसाधारण आक्रोशित बनेका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेसँगै परीक्षणमा ढिलासुस्ती भएपछि सर्वसाधारण आक्रोशित बनेका हुन् । 

    ९० प्रतिशतले खोप लगाएपछि गत महिना सरकारले केही कोभिड प्रतिबन्ध फुकुवा गरेको थियो । तर, पछिल्लो समयमा ओमिक्रोन भेरियन्टका कारण संक्रमितको संख्या दिनहुँ बढेको छ । 

    अहिले अस्ट्रेलियामा औसतमा दैनिक २५ हजारमा संक्रमण देखिएको छ । संक्रमित बढेपछि परीक्षण तीव्र पार्न र कोभिड अस्पताल चुस्त पार्न सरकारमाथि चौतर्फी दबाब बढेको छ ।

    अस्ट्रेलियामा पीसीआर परीक्षणमा सबैको पहुँच भए पनि गत साता सरकारले निःशुल्क परीक्षणको सीमा सीमित गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij