Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

प्रदेश २ मा राष्ट्रियसभाका दुई पदका लागि ६ जनाको उम्मेदवारी

प्रदेश २ मा राष्ट्रियसभाका दुई पदका लागि ६ जनाको उम्मेदवारी

  • पौष २०, २०७८ मंगलवार १९:१४ बजे
  • 603
    SHARES
  • प्रदेश २ मा राष्ट्रियसभाका दुई पदका लागि ६ जनाको उम्मेदवारी

    जनकपुरधाम । प्रदेश दुईमा  राष्ट्रियसभाको दुई सदस्य पदका लागि चार दलका ६ जनाले उम्मेदवारी दिएका छन् ।

    जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार दुई पदका लागि चार दलबाट ६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

    सत्तारूढ गठबन्धन, कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट माओवादी केन्द्र र जनता समाजवादी पार्टीको तर्फबाट १–१ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एमालेबाट २/२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    नेकपा माओवादी केन्द्रको तर्फबाट पर्साकी उर्मिला अर्यालले महिला कोटामा, जसपाबाट अन्य समूह कोटामा सिराहाका मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यसैगरि, लोसपाबाट महिला कोटामा महोत्तरीकी रूपा यादव र अन्य समूहमा श्यामसुन्दर सरदारले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेको तर्फबाट महिला कोटामा बिना साह र अन्य समूहमा उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij