Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडा गणना सुरु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडा गणना सुरु

  • चैत्र २०, २०७७ शुक्रवार १४:०७ बजे
  • 623
    SHARES
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडा गणना सुरु

    कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैंडा गणना कार्य सुरु भएको छ । गैंडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ ।
     
    निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन वटा ब्लकमा गैंडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जामगरले बताए ।

    ‘गणनाको कार्य एक हप्ताभित्रै सम्पन्न गर्ने गरी सुरु गरेका छौं’, उनले भने, ‘गणनाको कार्यसँगै गैंडाको बासस्थान र अवस्थाबारे समेत जानकारी लिइने छ ।’ प्रत्येक चार वर्षको अन्तरालमा निकुञ्जमा गैंडा गणनाको कार्य हुँदै आएको छ । निकुञ्जमा १७ वटा गैंडा संरक्षित रहेका छन् । तीमध्ये १० वटा भाले, पाँचवटा पोथी र दुई वटा केटाकेटी संरक्षित रहेका छन् । 

    गैंडाको वासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि निकुञ्जमा गैंडाको संख्या बढ्दै गएको छ ।

    पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी चारवटा गैंडा शुक्लाफाँटामा ल्याइएको थियो । त्यसपछि सन् २०१७ मा पाँचवटा गैंडा निकुञ्जमा ल्याइएको थियो । स्थानान्तरण भएको दुई दशकपछि गैंडाको संख्या सन्तोषजनक रूपमा वृद्धि हुँदै गएको छ । 

  • सम्बन्धित विषय:

  • # कञ्चनपुर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij