Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

डेनमार्कमा ‘ओमिक्रोन’ बाट १८ को मृत्यु

डेनमार्कमा ‘ओमिक्रोन’ बाट १८ को मृत्यु

  • 667
    SHARES
  • डेनमार्कमा  ‘ओमिक्रोन’  बाट १८ को मृत्यु

    डेनमार्क । डेनमार्कमा कोरोनाको ‘ओमिक्रोन’ भेरियन्टबाट १८ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्यकर्मीहरूले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म ‘ओमिक्रोन’बाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् ।

    डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलायतलगायतका अन्य युरोपेली देशमा पछिल्ला हप्ताहरूमा उच्च संख्यामा संक्रमित भेटिएका छन् ।

    पछिल्ला दिनहरूमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरूको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएको हो ।

    यता डेनमार्कमा भने ‘ओमिक्रोन’को संक्रमण बढ्दै गएको अधिकारीहरूले जानकारी दिएका छन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij