Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

चैनपुर नगरपालिकाले दियो अपांगता भएका ३३ परिवारलाई अनुदानमा मौरीसहितको घार

चैनपुर नगरपालिकाले दियो अपांगता भएका ३३ परिवारलाई अनुदानमा मौरीसहितको घार

  • 541
    SHARES
  • चैनपुर नगरपालिकाले दियो अपांगता भएका ३३ परिवारलाई अनुदानमा मौरीसहितको घार

    संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाले नगरभित्रका किसानलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । चैनपुर नगरपालिकाले अपांगता भएका व्यक्तिका परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको हो ।

    मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका अपांगता भएका व्यक्तिका ३३ परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको नगर प्रमुख भरतकुमार खत्रीले बताए । अपांगता भएका व्यक्तिका परिवारलाई सातदिने मौरीपालनसम्बन्धी तालिमसहित मंगलबार मौरीसहितको घार वितरण गरिएको उनको भनाइ छ ।

    घारसहितको मौरी वितरण गर्दै नगर प्रमुख खत्रीले सहभागीहरूलाई व्यावसायिक बन्न आग्रह गर्दै नयाँ व्यवसायीहरूलाई थप सहयोगसमेत गर्ने धारणा राखे । ११ वटै वडाबाट छनोट भएका ३३ अपांगता भएका परिवारलाई घारसहितको मौरी वितरण गरिएको उनले बताए ।

    अपांगता रोकथाम तथा पुनस्स्थापना कार्यक्रमअन्तर्गत चैनपुर नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको लागत साझेदारीमा १४ देखि २० पुससम्म  मौरीपालनसम्बन्धी तालिम गरिएको कार्यक्रमका फोकल पर्सन सूर्यकिरण भण्डारीले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij