Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नेकपा एसद्वारा सबै पालिकामा कमिटी गठन

नेकपा एसद्वारा सबै पालिकामा कमिटी गठन

  • 674
    SHARES
  • नेकपा एसद्वारा सबै पालिकामा कमिटी गठन

    काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को संगठन विस्तार अभियानअन्तर्गत बैतडी जिल्लाका १० पालिकामा कमिटी गठन गरिएका छन् ।

    नेकपा एसका जिल्ला अध्यक्ष महादेव भट्टले छ गाउँपालिका र चार नगरपालिकामा कमिटी गठन गरिएको जानकारी दिए ।

    सो पार्टीले संगठन विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ । तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटी गठन गरिने र त्यसपछि संगठन सुदृढीकरणको कामलाई अगाडि बढाइने दशरथचन्द नगरपालिका कमिटीका अध्यक्ष दिनेश ठगुन्नाले जानकारी दिए ।

    यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij