Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एक महिनादेखिको कर्फ्यु हटेपछि माल्दिभ्समा बजार तथा शिक्षण संस्था खुल्ने

एक महिनादेखिको कर्फ्यु हटेपछि माल्दिभ्समा बजार तथा शिक्षण संस्था खुल्ने

  • चैत्र २०, २०७७ शुक्रवार १६:२३ बजे
  • 770
    SHARES
  • एक महिनादेखिको कर्फ्यु हटेपछि माल्दिभ्समा बजार तथा शिक्षण संस्था खुल्ने

    माले । माल्दिभ्सको राजधानी मालेमा एक महिनादेखि लगाइएको कर्फ्यु हटाइएपछि आजदेखि यहाँको बजार तथा शिक्षण संस्थाहरु खुल्ने भएका छन् । गत मार्च ४ तारिखदेखि माल्दिभ्सको राजधानी मालेमा कर्फ्यु लगाइएको थियो । यहाँको स्वास्थ्य सुरक्षा निकायले कोभिड १९ को संक्रमण बढेको भन्दै मालेमा कर्फ्यु आदेशको घोषणा गरेको थियो ।

    राजधानी सहरमा लगाइएको कर्फ्यु गए रातिदेखि अन्त्य गरिएको यहाँको स्वास्थ्य सुरक्षा निकायले शुक्रबार जानकारी दिएको हो । बिहीबार साँझ प्रकाशन गरेको सूचनामा बिहीबार राति ११ बजेदेखि बिहान ४ः३० बजेसम्मका लागि लागू गरिएको कर्फ्यु हटाइएको जनाइएको छ ।     

    कोरोना भाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले गएको मार्च महिनाको ४ तारिखदेखि यहाँ कर्फ्यु लगाइएको थियो । आजदेखि कर्फ्यु हटेपछि यहाँका प्राथमिक विद्यालय, नर्सरीहरु, डे केयर, जिम, विश्वविद्यालय, चलचित्र घरलगायत पूनः सुचारु हुने भएका पनि बिहीबार साँझ प्रकाशन गरिएको सूचनामा जनाइएको छ ।  
       
    यहाँको सरकारले अब राजधानी मालेमा यी सबै सेवा सञ्चालन गर्न दिए पनि कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी मापदण्डहरु भने पालना गर्नुपर्ने व्यवस्था गरेको छ । माल्दिभ्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्म करिब २४ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।    

  • सम्बन्धित विषय:

  • # माल्दिभ्स

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij