वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसबाट ९० हजारभन्दा बढी संक्रमित भएका छन् । एकैदिन कोरोना संक्रमित हुने यो संख्या निकै बढी हो । जवकी यो अवधिमा १९ हजार २०६ जना मात्र संक्रमणमुक्त भएका छन् ।
भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ९० हजार ९२८ जना नयाँ संक्रमित भेटिएका हुन् । बुधबार ५८ हजार नयाँ संक्रमित भेटिएका थिए । भारतमा केही दिनयता नयाँ संक्रमित बढ्ने क्रम निकै बढेकाे छ ।
कोरोना संक्रमित बढेसँगै ओमिक्रोन भाइरसबाट संक्रमितको संख्या पनि बढेर २६ सय ३० पुगेको छ । सक्रिय संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । हाल भारतमा २ लाख ८५ हजार जना सक्रिय संक्रमित छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij