वेबटिभी खबर
काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का थप २४ वटा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएको जनाएको हो ।
देशभरबाट पीसीआर र एन्टीजेन विधिबाट संकलन गरिएका नमुनालाई जिन सिक्वेन्सिङ गर्दा ती नमुनामा एसजिन नेगेटिभ पुष्टि भएको हो ।
यसअघि नेपालमा ‘ओमिक्रोन’ का तीनवटा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा ‘ओमिक्रोन’ का २७ वटा केस पुष्टि भएका छन् ।
‘ओमिक्रोन’ भेरियन्टले हुनसक्ने अत्याधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले आग्रह गरेको छ ।
हेर्नुहाेस् याे विज्ञप्ति

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij