Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

घरको पर्खालले किचेर मजदुरको मृत्यु

घरको पर्खालले किचेर मजदुरको मृत्यु

  • पौष २३, २०७८ शुक्रवार २१:२६ बजे
  • 466
    SHARES
  • घरको पर्खालले किचेर मजदुरको मृत्यु

    विराटनगर । मोरङको बेलबारी नगरपालिका–१ पुरानो बेलबारीमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ । 

    ऋषि साहको घरको पर्खाल भत्काउने क्रममा एक जनाको मृत्यु भएको हो । सुन्दरहरैचा नगरपालिका–१ का ४५ वर्षीय अशोक खवासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  

    घर भत्काउने क्रममा अचानक घरको पर्खालले किचिएर घाइते भएका खवासको उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । 

     

  • सम्बन्धित विषय:

  • # मजदुरको मृत्यु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij