वेबटिभी खबर
ताप्लेजुङ । ताप्लेजुङको खेबाङमा प्रसूति केन्द्र र ल्याब सेवा सुरु गरिएको छ । सिरिजङ्घा गाउँपालिका-७ खेबाङमा यसै सातादेखि प्रसूति केन्द्र र ल्याब सेवा सुरु गरिएको हो ।
दुर्गमका सेवाग्राहीलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले सेवा दिन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए । ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियानअन्तर्गत खेबाङ स्वास्थ्य चौकीमा सेवा सुरु गरिएको उनले बताए । सेवा सञ्चालन गर्न एक ल्याब असिस्टेन्ट र एक अनमी करारमा नियुक्त गरिएको छ ।
‘गाउँपालिकाको वडैपिच्छे सुत्केरी तथा ल्याब सेवा सञ्चालन गर्ने योजना अघिल बढाएका छौँ,’उनले भने । सोही अभियानका क्रममा खेबाङका सात वडामा सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । बाँकी वडामा चाँडै सेवा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij