वेबटिभी खबर
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिस भेला हुन प्रतिबन्ध लगाएको छ ।
कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्रले (सिसीएमसी) सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
सार्वजनिक स्थानमा प्रवेश गर्नुपरेमा कोभिडविरद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने छ ।
सार्वजनिक स्थानमा कडाइ सभा, सम्मेलनलाई प्रतिबन्ध लगाउन सिसिएमसीले निर्देशन दिएको सिसिएमसीले जनाएको छ ।
समन्वय केन्द्रकी प्रवक्ता एवम् सहसचिव सुनिता नेपालले जाडो बिदालाई माघ १५ सम्म लैजाने गरी निर्णय भएको जानकारी दिइन् ।
केन्द्रले विद्यालय बन्द गर्नका लागि जिल्ला प्रशासन कार्यलय, स्थानीय तह र प्रदेश सरकरालाई परिपत्र गर्ने भएको छ ।
स्मार्ट लकडाउनको कार्यविधि लागू गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको प्रवक्ता नेपालल बताइन् ।
३ गतेबाट सार्वजनिक स्थानमा प्रवेश नपाउने गरी कार्यान्वयन हुने उनले जानकारी दिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij