Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रदेश-२ सरकारले सहिद परिवालाई तीन लाख उपलब्ध गराउने

प्रदेश-२ सरकारले सहिद परिवालाई तीन लाख उपलब्ध गराउने

  • 587
    SHARES
  • प्रदेश-२ सरकारले सहिद परिवालाई तीन लाख उपलब्ध गराउने

    सप्तरी । प्रदेश २ सरकारका प्रवक्तासमेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले  मधेस आन्दोलनका क्रममा सहादत भएकाको परिवारलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने बताएका छन् ।

    आउँदो ५ माघमा प्रदेश सरकारले मनाउने बलिदानी दिवसको अवसरमा सहित परिवारलाई जनही तीन लाख रुपैयाँका दरले उपलब्ध गराउने मन्त्री साहको भनाइ छ ।

    प्रदेश सरकारले यसपालि राजविराजमा बलिदानी दिवस मनाउने भएको छ । यस दिवसमा मधेस आन्दोलनमा सहिद भएका ५७ जनाको परिवारलाई तीन लाख रुपैयाँका दरले प्रदान गरिने मन्त्री साहल जानकारी दिए ।

    नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले सोमबार आयोजना गरेको लोकेन्द्र स्मृति दिवस कार्यक्रममा मन्त्री साहले सहिद परिवारलाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गर्न लागेको बताएका हुन् ।

    उनका अनुसार मधेस आन्दोलनका घाइतेलाई अवस्था हेरेर २५ हजारदेखि तीन लाखसम्म प्रदान गरिने प्रदेश सरकारको निर्णय भएको छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij