Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

रोग प्रतिरोधी क्षमता बढाउन के खाने ?

रोग प्रतिरोधी क्षमता बढाउन के खाने ?

  • 523
    SHARES
  • रोग प्रतिरोधी क्षमता बढाउन के खाने ?

    काठमाडौं । स्वास्थ्य विज्ञहरुका अनुसार कोरोना भाइरससँग लड्न शरीरमा पौष्टिक तत्व निकै आवश्यक पर्छ । आज हामी रोगसँग लड्न कस्ता खानेकुरा खाने र रोग लागिसकेपछि छिटो निको हुन खानामा कस्ता खानेकुरा समावेश गर्ने भन्ने बारे बताउँदै छौँ ।

    (डब्लुएचओ) ले २०२२ मा कोरोना अन्त्य हुने बताए पनि संसारभर कोरोना भाइरसको नयाँ भेरिएन्ट (ओमिक्रोन) को खतरा बढी रहेको छ । स्वास्थ्य विज्ञहरुका अनुसार कोरोना संक्रमणबाट बच्नु सबैभन्दा महत्वपूर्ण हो । कोरोना भाइरस संक्रमण भइसकेपछि र यसको संक्रमणबाट छिटो निको हुन हामीले खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

    चना र माछा : डाक्टरका अनुसार कोरोना भाइरस संक्रमणबाट छिटो निको हुन डाइटमा फर्सीको बिया, काजु, चना र माछा जस्ता खानेकुरा खानामा समावेश गर्नुपर्दछ । यी खानेकुरामा भरपुर मात्रामा माइक्रोन्यूट्रिएन्ट, एन्टीअक्सिडेन्ट, एन्टी–इन्फ्लेमेन्टरी गुण हुन्छ जसले गर्दा हामीलाई छिटो निको हुन र संक्रमण हुनबाट बचाउँछ ।

    अमिलो फल : भिटामिन–सी शरीरमा रोगसँग लड्ने प्रतिरक्षा प्रणालीलाई कायम राख्न सबैभन्दा प्रभावकारी मानिन्छ । यसलाई एस्कोर्बिक एसिड पनि भनिन्छ । पानीमा घुलनशील भिटामिन–सी एन्टीक्सीडेन्टले भरिपूर्ण हुन्छ । यसले हाम्रो प्रतिरक्षा कार्य बढाउने काम गर्दछ । भिटामिन–सीका लागि सिट्रस फलफूल, गाढा हरियो सागपात, अम्बा, किवी, ब्रोकाउली, स्ट्रबेरी र मेवा सेवन गर्न सकिन्छ ।

    अण्डा र च्याउ : सन् २०२१ को मे महिनामा नेचर जर्नलमा प्रकाशित रिपोर्ट अनुसार भिटामिन–डीलाई कोरोना बिरामीको छिटो निको हुनका लागि निकै उपयोगी मानिएको छ । यसका लागि खानामा च्याउ, अण्डाको पहेलो भाग, दूध र दही जस्ता खानेकुरा खान जरुरी छ ।

    दाल र माछा : प्रोटिनले मांसपेशीकालाई बलियो बनाउन र क्षतिग्रस्त कोशिकाहरुलाई मर्मत गर्छ ।  कोरोना संक्रमणबाट क्षति भएका कोशिकाका लागि प्रोटिन निकै फाइदाजनक मानिन्छ । बीउ, बदाम, दाल, दुग्धजन्य पदार्थ, कुखुरा, अण्डा र माछा प्रोटिनका प्रमुख स्रोत हुन् ।

    प्राकृतिक एन्टिभाइरल खाना : जाडोमा एन्टी भाइरल गुणले भरिपूर्ण चिजको प्रयोग रुघाखोकी र चिसोबाट मुक्ति पाउनका लागि गरिन्छ । तुलसी, अदुवा, कालो मरिच, ल्वाङ्ग र लसुन जस्ता चिजले धेरै फाइदा गर्छन् । कोरोना भाइरस रिकभरी अवधिमा यी चीजहरु सेवन गर्न सकिन्छ ।

    पेयपदार्थ : बिरामी भएको समयमा शक्ति र उर्जाको लागि शरीरलाई हाइड्रेटेड राख्नु सबैभन्दा महत्त्वपूर्ण छ । स्वस्थ्य पेयपदार्थले शरिरलाई खनिज र भिटामिन प्रदान गर्नुको साथै शरीरबाट विषाक्त पदार्थहरु बाहिर निकाल्छ । यसका लागि नरिवलको पानी, अमलाको जुस, सुन्तलाको जुस वा तरकारीको जुस सेवन गर्न सकिन्छ । यी खानेकुराको सेवन गर्दा शरीरमा पानीको कमी हुन दिँदैन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij