Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

भारतमा थोरै तल झर्‍यो कोरोना ग्राफ, मृतकको संख्या भने दोब्बर

भारतमा थोरै तल झर्‍यो कोरोना ग्राफ, मृतकको संख्या भने दोब्बर

  • 730
    SHARES
  • भारतमा थोरै तल झर्‍यो कोरोना ग्राफ, मृतकको संख्या भने दोब्बर

    एजेन्सी । भारतमा पछिल्लो समय लगातार उकालो लागेको कोरोना ग्राफ मंगलबार भने थोरै ओरालो लागेको छ । 

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ६३ नयाँ संक्रमित थपिएका छन् । यो तथ्यांक सोमबारको तुलनामा ११ हजार कम हो । 

    सोमबार भारतभर एक लाख ७९ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका थिए । यद्यपी, पछिल्लो २४ घण्टामा मृतकको संख्या भने सोमबारको तुलनामा दोब्बर भएको छ । मंगलबार २७७ जनाको मृत्यु भएको छ । सोमबार १४६ जनाको मृत्यु भएको थियो । 

    स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोन संक्रमितको संख्या ४ हजार ४ सय ६१ पुगेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij