Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बाराको रामजानकी मन्दिरमा २४० वर्ष पुरानो इँटा फेला 

बाराको रामजानकी मन्दिरमा २४० वर्ष पुरानो इँटा फेला 

  • चैत्र २२, २०७७ आइतवार १३:१८ बजे
  • 1.0K
    SHARES
  • बाराको रामजानकी मन्दिरमा २४० वर्ष पुरानो इँटा फेला 

    बारा । पुरातत्व विभाग काठमाडौंले प्रदेश नं २ को प्रसिद्ध तथा ऐतिहासिकस्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीणोद्वार गर्दा करीब २४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ ।

    सिम्रौनगढ नगरपालिका-२ अमृतगञ्जस्थित सो मन्दिरको जीणोद्वार गर्ने क्रममा उक्त कलात्मक इँटा फेला परेको हो । सो इँटा विसं १८३५ र १९३५ को हुनसक्ने बताइएको छ । फेला परेको उक्त इँटामा विसं उल्लेख गरिएको नगरपालिकाका सदस्य परमानन्द मुखियाले जानकारी दिए ।

    उक्त इँटा फेला परेपछि त्यहाँ विसं १९३५ भन्दा पहिले देखिनै मन्दिर रहेको अनुमान गरिएको छ । सो ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको रुपमा रहेको सिम्रौनगढका उचित संरक्षण हुनसकेको छैन ।

     

  • सम्बन्धित विषय:

  • # बारा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij