वेबटिभी खबर
सरकारले १२ वर्षभन्दा माथिका सबै व्यक्तिहरूलाई कोभिडवरिुद्धको खोप नि:शुल्क उपलब्ध गराएको छ । खोपमा सबैको पहुँच सुनिश्चित गर्न खोप केन्द्रहरू विस्तार गरिएकाे छ ।
कोभिड-१९ विरूद्धको खोपले गम्भीर स्वास्थ्य जटिलता हुनबाट जोगाउँछ । जीवन रक्षा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह पनि गर्दैछ । त्यसैले तोकिएका उमेर समूहका सबैले नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर खोप लगाऔं ।
सरकारले अहिलेसम्म कूल जनसंख्याको १८ वर्ष माथिकालाई पहिलो मात्रा र ५८ प्रतिशतलाई खोप प्रदान गरिसकेको छ । कूल जनसंख्यामा ५७ प्रतिशतलाई पहिलो मात्रा र ३८ प्रतिशतलाई दोस्रो मात्रा प्रदान गरिसकेको छ ।
१८ वर्ष माथिका लक्षित समूहमा पहिलो हप्ताको तुलनामा यस हप्ता खोपको पहिलो मात्रा लगाउनेको संख्यामा २ प्रतिशतले वृद्धि भएको छ भने दोस्रो वा पूर्ण मात्रा लगाउनेको संख्यामा ४ प्रतिशतले वृद्धि भएको छ ।
सरकारले यस पुस समान्तसम्ममा १८ वर्षका दुई तिहाइ जनसंख्यालाई खोपको पुरा मात्रा दिने लक्ष्य लिएको छ । प्रदेशअनुसार बाग्मती र गणडकी प्रदेश साे लक्ष्य हासिल गरिसकेका छन् । अन्य प्रदेशमा खोप लगाउने कार्यलाई द्रूत बनाउन खोप केन्द्र थप्ने, सरोकारवालाहरूसँग समन्वयन र सहकार्य गर्दै स्थलगत आवश्यक अनुसार खोप कार्यक्रालाई तीव्रता दिनुपर्ने देखिएको छ ।
काठमाडौं उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहमा १२ वर्ष लागेका र १८ वर्षमुनिका बालबालिकाहरूलाई यहि पुस २६ र २७ गतेदेखि मोर्डना र फाइजर खोप अभियान सञ्चालनमा ल्याइएको छ । खोपको पुरामात्रा लगाएपछि मात्र खोप पूर्णरूपले प्रभावकारी हुने भएकाले पूरामात्रा लगाउन नभुल्नु होला ।
नेपाल सरकारले मागको पहिलो सातादेखि अग्रपंक्तिमा खटिएका सबै स्वास्थ्यकमीहरूलाई कोभिड-१९ को बुस्टर डोज प्रदान गर्नेगरी काम गरिरहेको सन्दर्भमा बुस्टर डोज लगाउनका लागि तोकिएका सबैमा पहिले जुन खोप लगाएको हो सोही प्रकृतिको खोप अर्थात् पहिले भेरोसेल लगाएकाहरूले बुस्टर डोज भेरोसेल, कोभिसिल्ड लगाएकाहरूले बुस्टर डोज कोभिसिल्ड लगाउनु पर्ने हुन्छ ।
[स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले २८ पुस बुधबार नियमित पत्रकार सम्मेलनमा राखेको भनाइ]
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij