Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बुस्टर डोजमा कुन खोप लगाउने ? 

बुस्टर डोजमा कुन खोप लगाउने ? 

  • 457
    SHARES
  • बुस्टर डोजमा कुन खोप लगाउने ? 

    काठमाडौं । कोरोना संक्रमण बढेसँगै विकसित देशहरुमा कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउने क्रम बढेको छ । नेपालमा पनि माघको पहिलो सातादेखि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई बुस्टर डोज लगाउने तयारी भइरहेको छ ।

    माघको दोस्रो सातादेखि अन्यलाई पनि क्रमशः बुस्टर डोज लगाउने तयारी सरकारले गरेको छ । बुस्टर डोजमा कुन खोप लगाउने भन्ने धेरैमा अलमल भएको पाइएको छ । बुस्टर डोजमा जुन खोप लगाए पनि हुन्छ भन्ने हल्ला पनि चलेको छ । 

    बुस्टर डोज खोपबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट पार्दै पहिले जुन खोप लगाएको हो त्यही लगाउन भनेको छ । मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राले पहिले जुन खोप लगाएको हो, बुस्टर डोजमा त्यही खोप लगाउनु पर्ने बताइन् । 

    मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङमा मिश्राले भनिन्, 'बुस्टर डोज लगाउनका लागि तोकिएका सबैमा पहिले जुन खोप लगाएको हो सोही प्रकृतिको खोप अर्थात पहिले भेरोसेल लगाएकाहरुले बुस्टर डोज भेरोसेल, कोभिसिल्ड लगाएकाहरुले बुस्टर डोज कोभिसिल्ड लगाउनु पर्ने कुरा जानकारी गराउन चाहन्छु ।'

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij