Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

ट्रयाक खोलेको २७ वर्षपछि सडक कालोपत्र गरिँदै  

ट्रयाक खोलेको २७ वर्षपछि सडक कालोपत्र गरिँदै  

  • 1.5K
    SHARES
  • ट्रयाक खोलेको २७ वर्षपछि सडक कालोपत्र गरिँदै  

    लमजुङ । ट्रयाक खोलेको २७ वर्षपछि बेँसीसहर-चामे सडक कालोपत्र गरिने भएको छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्र गर्न सुरु गरिएको हो ।

    २०५१ सालमा यस खण्डअन्तर्गत बेँसीसहरबाट खुदीसम्म मोटरबाटोको ट्रयाक खोल्ने काम भएको थियो । बेँसीशहर-चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको करिब ७.८ किलोमिटर सडक कालोपत्र गर्न पहिलो चरणको काम भइरहेको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुपोत्तम अधिकारीले जानकारी दिए ।

    उनले भने, ‘सडक चौडाइ गर्ने, पर्खाल निर्माण, कल्भर्ट हाल्नेलगायत काम भइरहेको छ ।’ ५.५ पाँच मिटर सडक, १.१ मिटरको नाली तथा १ मिटर चौडाइको पैदल बाटो निर्माण गर्न काम भइरहेको छ । उक्त काम सकिएपछि अस्फाल्ट प्रविधिको कालोपत्र गरिनेछ । पहिलो चरणको काम आगामी असारसम्म सकिने छ । आशिष अनेस्ट जेभी चितवनले २०८० असार मसान्तसम्म कालोपत्र सक्ने गर्ने गरी गत असारमा सम्झौता गरेको हो । उक्त कार्यका लागि कूल ५२ करोड ९६ लाख खर्च हुने अधिकारीले जानकारी दिए । बर्खाका कारण असोजदेखि मात्र काम सुरु भएको आयोजनाले जनाएको छ ।

    बेँसीसहरदेखि खुदीसम्मको करिब साढे सात किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका-६ स्थित ३०० मिटर लामो खरखरेभिरका लागि चाँडै बोलपत्र आह्वान गरिने भएको छ । खुदीबाट मनाङसम्म सडकको ट्रयाक नेपाली सेनाले २०६९ सालमा खोलेर डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको हो । उक्त ६५ किलोमिटर लामो सडकले लमजुङ र मनाङलाई जोडेको छ । । लमजुङतर्फ ३५ किलोमिटर तथा मनाङतर्फ ३० किलोमिटर सडक पर्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij