Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अस्ट्रेलियामा दुई सातामा १० लाख काेराेना संक्रमित

अस्ट्रेलियामा दुई सातामा १० लाख काेराेना संक्रमित

  • 487
    SHARES
  • अस्ट्रेलियामा दुई सातामा १० लाख काेराेना संक्रमित

    सिड्नी । अस्ट्रेलियाका कोभिड संक्रमितको संख्या दिनप्रति दिन बढिरहेको छ । कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै संक्रमितको सख्ंया पनि दिनहुँ बढिरहेको छ ।

    बिहीबार एकै दिन एक लाख ४७ हजारमा कोभिड देखिएको छ । यो संख्या अस्ट्रेलियाका कोभिड देखिएपछिको अहिलेसम्मकै उच्च हो । संक्रमितमध्ये ९२ हजार जना न्यु साउद वेल्स (एनएसडब्लू) का छन् ।

    पछिल्लो दुई सातामा अस्ट्रेलियामा १० लाख जनामा संक्रमण देखिएको छ । महामारी फैलिएपछि अहिलेसम्म १४ लाख जनामा संक्रमण देखिएको छ । 

    अस्ट्रेलियामा पछिल्ले कोभिड लहरमा ५३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये २२ जना एनएसडब्लूका छन् ।

    ‘ओमिक्रोन’  वेभको समयमा मृत्यु दर यसअघिको महामारीमा भन्दा न्यून रहेको जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij