वेबटिभी खबर
काठमाडौं । अफगानिस्तानलाई मानवीय सहयोग गर्न सामाग्री सहित नेपाली टोली आइतबार अफगानिस्तान जाने भएका छन् ।
आइतबार परराष्ट्र मन्त्रालयको टोली सहायक सामग्री लिएर अफनानिस्तानको राजधानी काबुल जान लागेको हो ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले औषधी, लत्ताकपडा र अन्य सहयोग सामग्री लिएर नेपाली टोली अफगानिस्तान जान लागेको बताइन् ।
अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि अहिले विद्रोह संगठन तालिबानले त्यहाँ शासन गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij