Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कालीकोटमा माघी उत्सवः ‘चेली तिहार’ का रुपमा मनाउँदै 

कालीकोटमा माघी उत्सवः ‘चेली तिहार’ का रुपमा मनाउँदै 

  • 447
    SHARES
  • कालीकोटमा माघी उत्सवः ‘चेली तिहार’ का रुपमा मनाउँदै 

    कालीकोट । कालीकोटमा फरक शैलीमा माघी पर्व मनाउने गरिन्छ । परापूर्वकालदेखि माघीलाई थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने गरेको भएपनि कर्णालीका कालीकोटमा यो पर्वमा आफ्ना चेलीलाई कोसेली दिएर ‘चेली तिहार’ का रुपमा मनाउँदै आएको छ ।

    माघीका अवसरमा छोरीचेलीहरुलाई हरियो पोकामा कोसेली दिएर ‘चेली तिहार’ का रुपमा मनाउने चलन चलिआएको छ । परापूर्वकालदेखि चल्दै आएको ‘चेली तिहार’ मा १५ दिनसम्म छोरीचेलीहरुलाई कोसेली दिने गरिन्छ कोसेलीमा विभिन्न खाद्यान्नका परिकार हुन्छन् । घरमा ठूलाबडाको आशिर्वाद लिएर मनाइने माघीलाई यहाँ सांस्कृतिक उत्सव, कृषि, पर्यटन तथा बजार प्रबद्र्धन, मेला, महोत्सव र माघी मिलन समारोहको आयोजना गरी पनि मनाउने गरिन्छ ।

    धार्मिक मान्यताअनुसार माघ महिनालाई पवित्र महिनाका रुपमा लिने गरिएको कर्णाली संस्कृतिका जानकार चन्द्रप्रसाद कोइरालाले बताए । ‘कर्णालीमा अन्य ठाउँभन्दा फरक शैलीमा माघी मनाउने चलन छ’, उनले भने, ‘धार्मिक मान्यताअनुसार माघ महिनालाई पवित्र महिनाका रुपमा लिएर कर्णालीमा छोरीचेलीलाई कोसेली दिने चलन छ ।’

    धार्मिक मान्यताअनुसार कर्णालीमा माघ महिनामा कपाल काट्न र खौरिन नहुने, बली दिन नहुने र यस अवसरमा कागको पूजा गर्ने चलन पनि रहेको संस्कृतिक जानकार कोइरालाको भनाइ छ । ‘घरबाट टाढा टाढा रहेका दिदीबहिनीलाई हरियो पातमा कोसेली पुर्याउने चलन छ’, उनले भने, ‘चेलीलाई विशेष महत्व दिएर मनाइने भएकाले यो पर्वलाई चेली तिहारका रुपमा मनाइने गरिएको छ ।’ माघलाई पवित्र महिनाका रुपमा मानिने भएकाले कर्णालीमा यो महिना मारकाट पनि गरिँदैन् ।

    यो पर्वका अवसरमा विवाह गरिसकेका दिदीबहिनीका लागि कोसेली छुट्याउने र माघ महिनाभरि नै माइतीपक्षले उनीहरुका लागि कोसेली पठाउने गरिन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij