वेबटिभी खबर
सप्तरी । सप्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा एक युवा मजदुरको मृत्यु भएको छ । स१त २७६ नम्बरको ट्रयाक्टर माटो लिन जाने क्रममा अनियन्त्रित भई हनुमानगर कङ्कालिनी नगरपालिका-६ स्थित कोसीको पश्चिमी नहरमा पल्टिँदा एक युवकको मृत्यृ भएको हो ।
मृत्यृ हुनेमा सोही ठाउँका रामसेवक सदाको छोरा २३ वर्षीय धिरज सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । ट्रयाक्टरका चालक खाना खाइरहेको बेला ट्रयाक्टर गुडाएर सदा माटो लिन गएका थिए ।
सोही क्रममा ट्रयाक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । ट्रयाक्टर पल्टिएर पानीमा डुबेको शव प्रहरीले आज बाहिर निकालेको छ ।
मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij