Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

व्यायाम किन गर्ने ? 

व्यायाम किन गर्ने ? 

  • 664
    SHARES
  • व्यायाम किन गर्ने ? 

    काठमाडौं । शरिरलाई स्वस्थ राख्न दैनिक व्यायाम जरुरी हुन्छ । नियमित व्यायामले प्रतिरक्षा प्रणाली बढाउनुका साथै राम्रो निन्द्रा पर्छ ।

    मांसपेशी निमार्ण गर्न, ह्दय प्रणाली बलियो बनाउन, एथलेटिक कौशल वृद्धि गर्न, तौल घटाउन पनि व्यायामले मद्दत गर्छ । नियमित व्यायाम गर्दा अनेकौं रोगबाट बच्न सकिन्छ । ह्दय घात, रक्त नली रोग, टाइप २ मधुमेह, मोटोपना, मानसिक स्वास्थ्य सुधार गर्न र तनाव रोक्न पनि व्यायामको ठूलो भूमिका हुन्छ । 

    साइकल चलाउने, पौडी खेल्ने, हिँडने, रोइङ गर्ने, दौडिने, पैदल यात्रा गर्ने अथवा टेनिस खेल्ने जस्ता एरोबिक व्यायामले मुटुको स्वास्थ्य सुधार ल्याउने देखाएको छ । 
     
    व्यायाममा दौडिने, हिँड्ने, कुस्ती खेल्ने, जिम्न्याटिक, हक्की, किक्रेट, टेनिसजस्ता खेलकुद अभ्यासलगायत आफूलाई पर्ने गतिविधि गर्न सकिन्छ । 

    व्यायामका फाइदाहरु
    मानव शरिरलाई स्वस्थ राख्नको लागि व्यायाम निकै महत्वपूर्ण माध्यम हो । 

    व्यायाम गर्दा शरिरको हरेक अंग स्वस्थ रहन्छ । व्यायाम गरेका बेला ह्दय र फोक्सोले बढीम गर्नुपर्छ जसले गर्दा रगत सफा हुन्छ । 

    यसले शरिर लचिलो बन्छ । 

    टेवुलमा बसेर काम गर्ने, बौद्धिक काम मात्र गर्ने, शिक्षक, डाक्टर, वकिल, कम्प्युटर अपरेटर आदिका लागि व्यायाम अति जरुरी हुन्छ । 

    व्यायामले शरीरलाई सुन्दर पनि बनाउँछ र रोगसँग लड्ने शक्ति बढ्छ । धेरै व्यायामले हानि पुर्‍याउन सक्छ। थकित हुँदा व्यायाम गर्न बन्द गर्नुपर्छ।

  • सम्बन्धित विषय:

  • # व्यायाम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij