Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

गोकुल बाँस्कोटाको कटाक्ष- सरकारलाई चितवनको जंगलमा पाइने पुष्पकमल लहराले बेरेपछि...

गोकुल बाँस्कोटाको कटाक्ष- सरकारलाई चितवनको जंगलमा पाइने पुष्पकमल लहराले बेरेपछि...

  • 613
    SHARES
  • गोकुल बाँस्कोटाको कटाक्ष- सरकारलाई चितवनको जंगलमा पाइने पुष्पकमल लहराले बेरेपछि...

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कटाक्ष गरेका छन् ।

    बाँस्कोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक खन्ने अभिव्यक्ति र तीव्र गतिमा फैलिरहेको ‘ओमिक्रोन’ भेरियन्टबारे सरकारले उचित कदम चाल्न नसकेको संकेत गर्दै आइतबार सामाजिक सञ्जालमार्फत् देउवा, प्रचण्ड र झाँक्रीवप्रति कटाक्ष गरेका हुन् ।

    बाँस्कोटाले भारतलाई ‘पेलाहा छिमेकी’ को संज्ञा दिंदै नेपालको भूमि मिचेर आफ्नो क्षेत्रफल बढाउँदै लगेको बताएका छन् । ‘पेलाहा छिमेकीले कान्ला ताछ्दै आफ्नो खेतको क्षेत्रफल बढाउँदै लगेको छ,’ बाँस्कोटाले भने ।

    प्रधानमन्त्री भएपछि नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रण र भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरालाई वार्ता र संवादको माध्यबाट फिर्ता गराउने बताएका थिए । देउवा प्रधानमन्त्री भएको ६ महिना बितिसक्दा पनि यसबारे ठोस कदम नचालेको बाँस्कोटाको भनाइ छ ।

    बाँस्कोटा भन्छन्,‘पेलाहा छिमेकीले कान्ला ताछ्दै आफ्नोखेतको क्षेत्रफल बढाउदै लगेको र ओमिक्रोनले एकएक गरेर घरका सबै सदस्यलाई सताउँदै गरेको थाहै नपाइॅंदो रहेछ । सबै ठीक पार्छु भन्थे त देउवा खुट्खवर नै छैन ।’

    नेता बाँस्कोटाले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई समेत कटाक्ष गरे । उनले कोरोना संक्रमण नियन्त्रणमा ‘लौन, परमादेशी डाक्टर र झाँक्री बोलाइदेऊ,’ भन्दै कटाक्ष गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवनको जंगलमा पाइने पुष्पकमल लहराले बेरेपछि रुखजति हल न चल,’ भन्लै बाँस्कोटाले कटाक्ष गरेका छन् ।

    नेता बाँस्कोटाको भनाइको आशय प्रचण्डको अनावश्यक हस्तक्षेपले सरकारले चाहेर पनि केही काम गर्न नसकेको रहेको छ ।

    GOKUL.JPG

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij