Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

‘ओमिक्रोन’ संक्रमित बढेसँगै सीमा नाकामा कडाइ 

‘ओमिक्रोन’ संक्रमित बढेसँगै सीमा नाकामा कडाइ 

  • 424
    SHARES
  • ‘ओमिक्रोन’ संक्रमित बढेसँगै सीमा नाकामा कडाइ 

    कञ्चनपुर । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को जोखिम बढेसँगै पुर्नवास नगरपालिकासँग जोडिएका खुल्ला सीमा नाकामा कडाइ गरिएको छ । छिमेकी मुलुक भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना भाइरस संक्रमित देखिन थालेपछि त्यसको असर नेपालमा पर्नसक्ने भन्दै सुरक्षा निकायले सीमा नाकामा कडाइ गरेको हो ।

    खुला सीमा नाकाबाट भइरहेको आवतजातलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि नगरपालिकाअन्तर्गत डोके बजारबाहेक अन्य सबै नाका पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । डोके बजार सीमा नाकामा पनि उच्च सतर्कता अपनाउनुका साथै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अनुरोध गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज भट्टले बताए ।

    उनका अनुसार डोकेबजारमा दैनिक रुपमा भारतबाट आउनेको सङ्ख्या धेरै भएका कारण त्यसलाई व्यवस्थित गर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालन गराउनका लागि थप सुरक्षाकर्मी उपलब्ध गराइदिनका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गरिएको छ ।

    डोकेबजारमा रहेको हेल्थ डेस्कमा नियमिति रुपमा कोभिड-१९ को जाँच गर्दा देखिएका संक्रमितमध्ये नगरपालिका क्षेत्रका संक्रमितलाई आइसोलेसन र होम आइसोलेसनमा पुर्याउनका लागि नाकामै तयारी अवस्थामा एम्बुलेन्स राखिएको छ ।

    नगरपालिकाले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी जुलुस, धर्ना भेला महोत्सव तथा सामाजिक तथा धार्मिक कार्य नगर्न नगराउनका लागि सूचनासमेत जारी गरेको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकार कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सम्पूर्ण निर्देशन पालना गर्ने गराउने तर्फ नगरपालिकाले आवश्यक कारबाही अगाडि बढाएको छ ।

    नाकामा विदेशी नागरिकको आगमनमा विशेष निगरानी र सतर्कता अपनाइएको नगरपालिकाले जनाएको छ । ‘विदेशी नागरिकको आगमनलाई विशेष प्राथमिकताका साथ अनुगमन गर्ने गरिएको छ’, प्रमुख प्रशासकीय अधिकृत भट्टले भने । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij