वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई निःशुल्क उपचार र उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरस विश्वव्यापी महामारीकाे रूपमा कायमै रहेको र यसले नयाँ-नयाँ सोरुप लिर्दै आएको र अस्पताल तथा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू संक्रमित भइरहेको हुँदा त्यस्ता स्वास्थ्यकर्मीलाई निःशुल्क उपचार तथा व्यवस्था गर्न माग गरेको हो ।
संघले अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका स्वास्थ्यकर्मीहरूलाई व्यवस्थित आइसोलेसनको व्यवस्था गर्नुपर्ने, संक्रमित स्वास्थ्यकर्मीको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीको बीमा व्यवस्था गर्नुपर्ने जस्ता १३ बुँदे माग गरेको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij