Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चितवन कोरोनाको उच्च जोखिममा 

चितवन कोरोनाको उच्च जोखिममा 

  • 477
    SHARES
  • चितवन कोरोनाको उच्च जोखिममा 

    चितवन । चितवनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता संक्रमण निरन्तर बढ्दै गएपछि सक्रिय संक्रमितको सङ्ख्या ५ सय नाघेको छ । सक्रिय संक्रमित ५ सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना संक्रमण बढ्दै गएको हो । पुस २५ गते जिल्लामा ८२ सक्रिय संक्रमित रहेकामा माघ २ गते परीक्षण गरिँदा १९० जनमा कोरोना संक्रमण देखिएको छ । जिल्लामा अहिले सक्रिय कोरोना संक्रमितकाे सङ्ख्या ८२८ पुगेको छ । 

    आइतबार जिल्लाका ४ प्रयोगशालामा ४११ जनाको स्वाब परीक्षण गर्दा १५० जनामा र एन्टिजोन परीक्षण ९० जनाको गरिँदा ४० जनामा संक्रमण पुष्टि भएको र संक्रमितकाे संख्या ३७ प्रतिशत पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । पिसिआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण बढ्दै जान थालेको उनले बताइन् । गत पुस २६ गते जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ११९, २७ गते १६२, २८ गते २४० र २९ गते ३२७ रहेको थियो । अहिले जिल्लामा दैनिक कोभिड-१९ परीक्षण दर र संक्रमण दर बढ्दै गएको छ । 

    गत पुस ३० गते ३६० जनाको परीक्षण गर्दा ३७ दशमलब ५० प्रतिशतमा संक्रमण देखिएको ढकालले जानकारी दिइन् । उक्त दिन ३६० जनाको परीक्षण गर्दा १३५ मा कोरोना संक्रमण देखिएको थियो । शनिबार जिल्लाका दुई पिसिआर ल्याब (चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल) मा गरिएको परीक्षणमा २४ प्रतिशतमा कोरोना संक्रमित देखिएको छ । उक्त तथ्याङ्क अनुसार २२५ को परीक्षणका क्रममा ५४ जनामा कोरोना देखिएको थियो । 

    जिल्लामा रहेका सक्रिय संक्रमितमध्ये २६ जना अस्पतालमा भर्ना भएका छन् भने ८०२ जना होम आइसोलेशनमा छन् । यहाँ हालसम्म २८ हजार ६८ जना संक्रमित भइसकेका छन् भने २६ हजार ८०३ जना निको भइसकेका छन् । कोरोनाबाट ४३७ जनाको मृत्यु भइसकेको छ । जिल्लामा रहेका सक्रिय संक्रमितमध्ये ६६६ जना भरतपुर महानगरपालिकाका छन् ।

    यस्तै संक्रमितमध्ये खैरहनी नगरपालिकाका २७, माडी नगरपालिकाका १५, रत्ननगर नगरपालिकाका ७२, राप्ती नगरपालिकाका १९ र कालिका नगरपालिकाका १६ छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij