Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

माक्स कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

माक्स कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

  • 394
    SHARES
  • माक्स कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

    बाग्मती । माक्सकाे कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका-१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर माक्स बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

    पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने बताइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij