Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

राहतको पर्खाइमा मुसहर बस्ती 

राहतको पर्खाइमा मुसहर बस्ती 

  • 586
    SHARES
  • राहतको पर्खाइमा मुसहर बस्ती 

    काठमाडौं ।  चार छोरा/छोरी र श्रीमतीसहित ६ जनाको शिवु सदायको परिवार  खरले बारेको छाप्रोमा बस्छन् । मुस्किले चिसो सिरेटो छेक्ने छाप्रोभित्रको चिसो भुईमा पराल र पातला ओड्ने ओछ्याउने कपडाले रात बिताउनुपर्ने बाध्यतामा सदायको परिवार छ । । चिसाे भएका कारण छोरा/छोरी  आधी रातमै उठेपछि न्यानो बनाउने उपाय भनेकै आगो रहेको सदायले बताए । 

    यो सिरहाको गोलबजार नगरपालिका–१० धोवियाधारमा बसोबास गर्दै आएका ४० मुसहर घरपरिवारहरूको पीडा हो ।  पूर्व–पश्चिम राजमार्गको गोलबजारबाट करिब पाँच किलोमिटर उत्तरी चुरे क्षेत्रमा रहेको उक्त बस्तीका स्थानीयहरू यतिबेला जाडोले कठ्यांग्रिएका छन् । हुस्सु र शीतलहरले तराई मधेश नै चिसिएको बेला यहाँका विपन्न मुसहरहरूको अवस्था अझै कष्टकर बनेकाे छ ।

    शिवु मात्र नभई उक्त बस्तीका सबैजसोको अवस्था उस्तै छ । एक छोरी र दुई छोरासहित पाँच जनाको परिवार रहेकी मङ्गली सदाय बाँसका किलाहरूमा उभ्याइएका खरले छाएको छाप्रोमा बस्छिन् ।

    घरभित्र पुराना कपडा र राती ओछ्याउने पराल मात्र छ । श्रीमान दिनभरी अरुको घरमा काम गर्ने र उत्तै मदिरा सेवन गरेर बस्ने भएकाले परिवार उनको एक्लो कमाइले चलेको छ । एक्लोे कमाइले उनले न राम्रो घर बनाउन सकेकी छन् न त न्यानो कपडाकै जोहो नै गर्न सकेकी छिन् ।  जाडोले बस्तीका बालबालिका तथा वृद्धवृद्धा अप्ठ्यारोमा परेको भए पनि अहिलेसम्म कसैले केही सहयोग नगरेको भन्दै साेही बस्तिका हेमकुमार सदायले दुःख पोखे ।  

    सिरहाको विभिन्न ४०० स–साना टोलमा गरी करिव ५० हजारको हाराहारीमा मुसहरहरूको बसोबास छ । यो समुदाय करिव ९८ प्रतिशत परिवार भूमिहीन रहेको  र आर्थिक अवस्था पनि निकै कमजोर भएका कारण सदाय समुदाय विभिन्न खालको प्राकृतिक प्रकोपबाट समेत पीडित हुँदै आएका छन् । हालसम्म सिरहामा शितलहरका कारण मुसहर समुदायका एक जना र बेवारिसे एक जना गरी २ जनाको मृत्यु भइसकेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij