Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सप्तरीमा ३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि

सप्तरीमा ३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि

  • 417
    SHARES
  • सप्तरीमा ३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि

    सप्तरी । सप्तरीमा ३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै सप्तरीमा कोरोना पोजेटिभ हुनेको संख्या १ सय ५४ पुगेको सप्तरीका जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।

    उनले भने, 'बुधबार पिसिआरका लागि ३३ जनाको स्वाब संकलन गर्दा बिहीबार ३० जनाको कोरोना पोजेटिभ देखिएको हो ।' संक्रमित मध्ये अधिकांश  सुरक्षा निकाय र न्यायालयका व्यक्ति रहेका छन् । संक्रमित मध्ये सबै जना होम आइसोलेसनमा रहेका छन् ।

    जिल्लामा ज्वरोका बिरामी बढेका छन् । रुघाखोकी लाग्ने, ज्वरो आउने, जाडोले काम्ने बिरामी घरै पिच्छे रहेका छन् । उनीहरू पिसिआर परीक्षण नगरी घरमै उपचार गरेर बसेको निमित्त प्रमुख यादवको भनाइ छ ।

    'सबै बिरामीले पिसिआर टेस्ट गर्ने हो भने सप्तरीमा संक्रमितको भयावह अवस्था हुन्छ । आफैं ठिक भइहाल्छ भन्ने धारणा सर्वसाधारणको रहेकोले पिसिआर प्रति चाँसो सर्वसाधारणमा नरहेको यादवको भनाइ छ । कोरोना संक्रमणकै कारण सप्तरीमा एक जना महिलाको सोमबार मृत्यु भइसकेको छ,' यादवले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij