Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बिनाकारण शिक्षक निकालेको विरोधमा विप्लव माओवादीनिकट विद्यार्थी संगठनद्वारा विद्यालयमा तालाबन्दी 

बिनाकारण शिक्षक निकालेको विरोधमा विप्लव माओवादीनिकट विद्यार्थी संगठनद्वारा विद्यालयमा तालाबन्दी 

  • 1.7K
    SHARES
  • बिनाकारण शिक्षक निकालेको विरोधमा विप्लव माओवादीनिकट विद्यार्थी संगठनद्वारा विद्यालयमा तालाबन्दी 

    काठमाडौं । बिनाकारण विद्यालयले शिक्षक निकालेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले रानीपोखरीस्थित भानु माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् ।

    संगठनले शिक्षक शिवराज जैशीलाई पुनर्बहालीको माग राख्दै प्रधानाध्यापक कक्ष र विद्यालयको लेखा शाखामा तालबान्दी गरेको हो । विगत ५ वर्षदेखि निमावि तहमा अंग्रेजी विषय अध्यापन गराउँदै आइरहेका शिक्षक जैशीलाई विद्यालयले बिनाकारण निकालेको संगठनको दाबी छ ।

     आवश्यक हुँदा प्रयोग गर्ने र आवश्यक नहुँदा निकाल्ने विद्यालय प्रशासनको उपयोगवादी हर्कतलाई स्वीकार गर्न नसकिने विद्यार्थी संगठनले जनाएको छ । 

    अहिले चेतावनी स्वरुप तालाबन्दी गरेको र तत्काल शिक्षक जैशीलाई पुनर्बहाली नगरे जस्तोसुकै कदम पनि चाल्न सक्ने संगठनले जनाएको छ ।

    image0-scaled-e1642733327609.jpeg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij