Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई जना पक्राउ

स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई जना पक्राउ

  • 474
    SHARES
  • स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई जना पक्राउ

    सप्तरी । सप्तरीमा स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई युवक पक्राउ परेका छन् । भारतबाट नेपाली रकम भित्र्याएको आंशकामा चेकजाँच गर्दा  डाक्नेश्वरी-५ का २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका-१२ का २४ वर्षीय दिलीपकुमार मण्डललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    राजविराज-हनुमाननगर सडकखण्ड अन्तर्गत छिन्नमस्ता अस्पताल अगाडि चेकजाँच गर्दा प्रदेश २-०१-००३ प ३४७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट ९ लाख ९० हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको हो ।

    स्रोत नखुलेको अबैध रुपैयाँ मोटरसाइकल र आरोपित दुई युवकमाथि थप अनुसन्धान कार्यका लागि सुनसरीको राजश्व कार्यालय इटहरी बुझाइएको प्रहरीले बताएको  छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij