Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

एएफसी महिला एसियन कपः इन्डोनेसियाको पोस्टमा अस्ट्रेलियाको १८ गोल

एएफसी महिला एसियन कपः इन्डोनेसियाको पोस्टमा अस्ट्रेलियाको १८ गोल

  • माघ ७, २०७८ शुक्रवार २०:२० बजे
  • 481
    SHARES
  • एएफसी महिला एसियन कपः इन्डोनेसियाको पोस्टमा अस्ट्रेलियाको १८ गोल

    काठमाडौं ।  उपाधि दाबेदार अस्ट्रेलियाले कमजोर मानिएको इन्डोनेसियालाई एएफसी महिला एसियन कप–२०२२ को आफ्नो पहिलो खेलमा शुक्रबार १८–० ले पराजित गरेको छ ।  युरोपेली फुटबलको अनुभव बटुलेको अस्ट्रेलियाका खेलाडी सामु भारतको मुम्बई फुटबल मैदानमा निरीह बनेको इन्डोनेसियाले कुनै पनि समय दबाब बनाउन सकेन । 

    पहिलो हाफमा नौ गोल गरेको अस्ट्रेलियाले दोस्रो हाफमा थप नौ गोल गरेको थियो । अस्ट्रेलियाकी साम कर एक्लैले पाँच गोल गरिन् । यस्तै भान इगमोण्ड र सिमोनले समान चार गोल गरे । 

    जितसँगै अस्ट्रेलियाले समूह ‘बी’ मा महत्त्वपूर्ण तीन अंक जोडेको छ । यस समूहमा अस्ट्रेलियासँगै फिलिपिन्स, थाइल्यान्ड र इन्डोनेसिया रहेका छन् ।  यस अघि आज भएको पहिलो खेलमा अर्को उपाधि दाबेदार जापानले म्यानमारलाई ५–० ले पराजित गर्‍यो । जितसँगै समूह ‘सी’ बाट जापानले तीन अंक बटुल्यो । यस समूहमा जापान र म्यानमार सहित दक्षिण कोरिया र भियतनाम रहेका छन् । 

    यस अघि बिहीबारबाट सुरु भएको प्रतियोगितामा चीनले चाइनिज ताइपेलाई ४–० ले पराजित गर्दा आयोजक भारत र इरानले गोलरहित बराबरी खेल्दै अंक बाढे ।

  • सम्बन्धित विषय:

  • # अस्ट्रेलिया

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij