जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभाका सांसद प्रदीप यादवले तराई क्षेत्रका किसानले प्रशासनिक सेवा पाउनका लागि विभिन्न समस्या भोग्नु परेको बताएका छन् ।
किसानहरूले कृषिबाली लगाए पनि खेती विस्तार र उत्पादन वृद्धिका लागि बैंकबाट ऋण लिनका लागि पनि किसानहरूसँग आम्दानीको फर्म मागिँदा किसानहरू समस्यामा परेको यादवले बताए ।
सरकारले किसानलाई कुनै सुविधा नदिए पनि निजी क्षेत्रले पनि किसानप्रति आम्दानी विवरण माग्ने नियम किसानको हितमा नरहेको जिकिर गरे ।
‘धान, गहुँ, उखु बेचेका किसानले कहाँबाट आम्दानी विवरण ल्याउने ? बैंकले यस्तो माग गर्छ भने सरकारले किसानलाई प्रामणपत्र दिने व्यवस्था गर्नुपर्छ,’ उनले सभामुखमार्फ सरकारको ध्यानाकर्षण गराए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij