Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सिन्धुपाल्चोकमा गाडी दुर्घटना हुँदा चार घाइते

सिन्धुपाल्चोकमा गाडी दुर्घटना हुँदा चार घाइते

  • 382
    SHARES
  • सिन्धुपाल्चोकमा गाडी दुर्घटना हुँदा चार घाइते

    सिन्धुपालचोक । सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका–६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य छ । अर्का एक जनाको ढाडमा चोट लागेको छ । उनीहरुको  सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ । गाडी  अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij