Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा सर्वोच्चले दियो शोक बिदा

पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा सर्वोच्चले दियो शोक बिदा

  • 484
    SHARES
  • पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा सर्वोच्चले दियो शोक बिदा

    काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक बिदा दिने निर्णय गरेको छ । शनिबार बसेको सर्वोच्चको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो ।

    ‘शर्माको असामयिक निधनमा शोक मनाउन माघ ९ गते नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरू शोक विदाको रूपमा बन्द रहने,’ निर्णयमा उल्लेख छ ।

    बुधबार निधन भएका शर्माको विदेशबाट छोरा आएपछि शनिबार अन्त्येष्टि गरिएको थियो । २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका शर्मा ३० चैत २०५४ देखि ३० मंसिर २०५६ सम्म प्रधानन्यायाधीश रहेका थिए ।

    सर्वोच्चले आफ्नो विज्ञप्तिमा शर्माले आफ्नो कार्यकालमा स्वतन्त्र न्यायपालिको मूल्य मान्यता स्थापित गर्न र न्याय तथा कानुन क्षेत्रको विकासका लागि अतुलनीय योगदान पुर्‍याएको उल्लेख गरेको छ ।

     

    272257575_3139554036322455_3391070573521820662_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij