काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्ति राजनीतिक मर्यादाविपरीत रहेको बताएका छन् ।
फरक मत र अधिकार राख्ने सबैलाई अधिकार हुने उल्लेख गर्दै नेता पौडेलले शैली मर्यादित हुनुपर्ने बताएका हुन् ।
हिंसालाई प्रोत्साहन दिने र द्वन्द निम्त्याउने अभिव्यक्ती सामाजिक र कानुनी रूपमा अपराध हुने पौडेले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । त्यसमाथि जिम्मेवार व्यक्तिबाट यस्ता अभिव्यक्ति आउँनु पदिय मर्यादा विपरीत रहेको उनको भनाइ छ ।
मन्त्री यादवले रौतहट जिल्ला सदरमुकामा आयोजित एक कार्यक्रमा गत बुधबार सार्वजनिक रुपमै जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको ज्यान लिने धम्की दिँदै गौर घटना दोहरीन सक्ने बताएपछि मन्त्री यादवको अहिले चौतर्फी आलोचना भइरहेको छ ।
मन्त्री यादवको अभिव्यक्ति राजनीतिक मर्यादा विपरीत छ।फरक मत र विचार राख्ने अधिकार सबैलाई हुन्छ तर शैली मर्यादित हुनुपर्छ।हिंसालाई प्रोत्साहन दिने,द्वन्द निम्त्याउने अभिब्यक्ती सामाजिक र कानुनी रूपमा अपराध हुन्।अझ जिम्मेवार ब्यक्ति बाट यस्ता अभिव्यक्ति आउनु पदिय मर्यादा बिपरित हो।
— Pradip Paudel (@paudelpradipNC) January 22, 2022
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij