वेबटिभी खबर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २५५ जना कोरोना संक्रमितलाई आइसीयू र भेन्टिलेटरमा राखेर देशभरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।
आज देशभर २१५ जना कोरोना संक्रमितको आईसीयूमा र ४० को भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले आइतबार जारी गरेको तथ्यांक अनुसार प्रदेश १ मा ३१ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी मधेश प्रदेशमा ९ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १३० जना आईसीयूमा र ३१ जना भेन्टिलेटरमा उपचारत छन् ।
गण्डकी प्रदेशमा १६ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् भने लुम्बिनी प्रदेशमा २६ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ३ जना आईसीयूमा उपचाररत छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij