Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भारतले खेलाडी उतार्न नसकेपछि ताईपेसँगको खेल हुन सकेन

भारतले खेलाडी उतार्न नसकेपछि ताईपेसँगको खेल हुन सकेन

  • माघ ९, २०७८ आइतवार २२:०७ बजे
  • 384
    SHARES
  • भारतले खेलाडी उतार्न नसकेपछि ताईपेसँगको खेल हुन सकेन

    काठमाडौं । कोरोनाको कारण न्युनतम १३ खेलाडी उपस्थिति गराउन नसकेपछी एएफसी महिला एसियन कप–२०२२ अन्तर्गत घरेलु टोली भारत र  चाइनिज ताइपेबिरुद्दको खेल नहुने भएको छ ।

    एसियाली फुटबल महासंघ (एएफसी) ले मुम्बईस्थित डिवाई पटिल मैदानमा हुने खेल नहुने घोषणा गरेको हो । कोभिड–१९ संक्रमणका कारण भारतले आफ्नो १३ खेलाडीको नामावली आयोजकलाई बुझाउन नसकेपछी समूह ए को खेल नभएको हो ।

    खेल अघि सहभागी टोलीले अन्तिम २३ खेलाडी नामावली आयोजकलाई बुझाउने गरिन्छ । तर अत्याधिक कोरोनाको कारण आयोजक भारतले न्युनतम १३ खेलाडी सार्वजनिक गर्न असफल भयो ।

    जसका कारण खेल स्थगित भएको छ । पहिलो खेलमा भारत इरानसंग गोलरहित बराबरीमा रोकिएको थियो ।

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij