Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

गुल्मीको छत्रकोट गाउँपालिकाका इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाए तलब

गुल्मीको छत्रकोट गाउँपालिकाका इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाए तलब

  • 813
    SHARES
  • गुल्मीको छत्रकोट गाउँपालिकाका इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाए तलब

    काठमाडौं । गुल्मीको छत्रकोट गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) ले संघीय सरकारले तोकेको न्युनतम पारिश्रमिक पाएका छन् ।

    images

    शिक्षक कविता शर्माले सोमबार वेबटिभी खबरलाई दिएको जानकारीअनुसार सामुदायिक विद्यालयमा कार्यरत इसीडी शिक्षक र विद्यालय कर्मचारीले सात हजार रूपैयाँ पारिश्रमिक पाएका हुन् । गाउँपालिकाले पुस मसान्तमा गाउँसभाको बैठक बसेर तलब दिने निर्णय गरेको हो । 

    संघीय सरकारले इसीडी शिक्षक र कर्मचारी (परिचर) लाई ८ हजार रूपैयाँ र लेखापाललाई १३ हजार पाँच सय दिएको छ । पालिकाले सो रकममा सात हजार थप गरी दिनुपर्ने व्यवस्था छ ।

    कतिपय पालिकाले सात हजार रूपैयाँ उपलब्ध नगराउँदा इसीडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित छन् ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology